कैलाली। सुदूरपश्चिम प्रदेशको एक मात्रै रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालको फोहरमैला ब्यवस्थापन पुर्ण रुपमा गरिन थालिएको छ। अस्पताल प्रशासन तथा ब्यवस्थापन समिती र गैर सरकारी संस्थाको सहयोगमा निर्माण गरेको अटोक्लेभ हाउसमा अस्पतालबाट उत्पादन हुने सबै फोहरलाई किटाणुरहित बनाउने मेसिन जडान गरीएपछि फोहरमैला ब्यवस्थापन पुर्ण रुपमा गरिन थालिएको हो।अस्पतालले अहिले सबै वार्डमा फोहरको किसिम अनुसार अलग–अलग छुट्याउने र कन्टेनरमा राख्ने गरेको छ भने अस्पतालबाट निस्कने फोहरलाई किसिमअनुसार अलग्याएर निर्मुलीकरण गर्ने, पुनः प्रयोग र पुनः उत्पादन गर्न मिल्ने बस्तुलाई बिक्री गर्ने र अन्य बस्तुलाई डम्पिङ गर्ने गरेको छ। अस्पताल नजिकै क्यान्टीन सञ्चालन गर्दै आएका भरत साउँदले बिगत पहिला त्यतै फोहोर देखिने र त्यही फोहोर सडेपछि ह्वास्स गन्हाउने अवस्था भएकोमा त्यो समस्या हटेको बताए । उनले भने, कुनै समय जता त्यतै फोहोर देखिने र त्यही फोहोर सडेपछि ह्वास्स गन्हाउने समस्या थियो, अस्पतालमा आउने विरामी पनी आजित बनेका थिए । तिनका करुवा अहिले अस्पताल ब्यवस्थापनले फोहोरको उचित ब्यवस्थापन गरेपछि खुशी छन् उनले भने । यस्तै अस्पताल परिसर किराना पसल सञ्चालन गर्दै आएका राजिव खत्रीको भनाई पनी त्यस्तै छ। उनले भने सेती प्रादेशिक अस्पताल भित्र, बाहीर पनी नाक थुनेर हिड्नुपर्ने समस्या थियो । अस्पताल परिसर बाहिर सडकमा आवतजावत गर्नेलाई पनी निकै समस्या हुन्थ्यो ।
अहिले फोहरमैला ब्यवस्थापन गरिएको रहेछ। खुसी लाग्यो उनले भने। फोहरमैला उत्पादन हुने ठाउँमा नै फोहरको किसिम अनुसार छुट्याउएर राख्ने गरिएपछि अहिले त्यो समस्या कम भएको छ, अस्पतालका सबै वार्ड र बाहिरी क्षेत्र अचेल सफा र चिटिक्क देखिन्छन् उनले भने। कुनै समय फोहोरै फेहोरको अस्पताल भनेर चिनिने अस्पतालको परिचय अहिले फेरिएको छ । अस्पतालले पछल्लो समय किटाणुजन्य फोहरलाई किटाणुरहित बनाएर मात्रै डम्पिङ गर्ने गरिएको छ भने सिलिन्ज, बोतल, पोलिथिन, कागज जस्ता रिसाइकल गर्न मिल्ने बस्तुलाई बिक्रि गर्ने गरिएको सेती प्रादेशिक अस्पतालकी सुपर भाईजर ज्ञानु कुवंरले बताईन् ।उनले भनिन्, अस्पतालका प्रत्येक वार्डबाट उत्पादन हुने फोहर छुट्याइने र त्यसपछि संक्रमण हुने र संक्रमण नहुने गरी त्यो प्रक्रिया गरिन्छ । अस्पतालका सरसफाईकर्मीलाई फोहरमैला के कसरी छुट्याउने भनेर सिकाउने गरेको उनले भनिन् । यस्तै सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले अस्पतालमा सबैभन्दा महत्वपुर्ण काम भएको बताए । रिसाइकल गरिएका फोहरमैलाका बस्तुहरु बिक्री गरेर अस्पताल प्रशासनले फोहरबाट मासिक ३० हजार बढी आम्दानी गरिरहेको छ । उनले भने, अहिले अस्पताल निकै स्वच्छ, सफा र सुन्दर देखीएको छ। अस्पताल प्रशासनले विरामीको चाप बढेसंगै फोहोर ब्यवस्थापनमा पनि त्यतिकै ध्यान दिएको अस्पताल प्रशासनले जनाएको छ । प्रदेशकै रेफल अस्पतालमा फोहोर ब्यवस्थापनमा प्रशासन चलाखो बन्दा अहिले फोहर व्यवस्थापनमा निकै राम्रो काम भएको छ भने अस्पताल परिसरमा न फोहरको डङ्गुर देख्न सकिन्छ न त फोहर जलाउने गरिएको छ। जसले गर्दा सवैलाई सहज भएको छ ।