काठमाण्डौँ। सांसद दीपक प्रकाश भट्टले डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।
सोमबार कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सदस्य डा. भट्टले डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरेका हुन्। नेकपा एमालेबाट टुक्रिएको तत्कालिन मालेका तर्फबाट पहिलो पटक भारतिय सेना कालापानी छोड अभियानको नेतृत्व गरिसकेका सांसद भट्ट सोमबार भने फरक बिषयबस्तुमा बोल्दै थिए।
उनले प्रधानमन्त्री शेर बहादुर देउवाकै मातृभाषामा बोलेर गेटामा सुदुरपश्चिम चिकित्सा विश्वबिद्यालयको माग अगाडि सारे। डोटेली भाषामा बोल्नुको सांकेतिक अर्थ थियो । देउवालाई उनकै भाषामा कुरा बुझाउनु। यसअघिपनी यो मुद्धामा पटक पटक कुरा राखेर स्वास्थ्य सेवामा निक्कै पछाडी परेका सारा सुदुरपश्चिमेलीको ध्यान संसदतर्फ ध्यान खिच्न सफल भट्टले फेरी दोहोर्याए, चिकित्सा विश्व बिद्यालयको माग राखिबर सबै तमरी तिर प्रधानमन्त्री आँखा फर्काईबट बसर्यान।
केहीदिन अघि बालुवाटार पुगेर भट्टले यसबारेको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएका थिए । प्रतिनिधी सभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै भट्टले चिकित्सा विश्वविद्यालयको माग पुरा नभए अखण्ड सुदुरपश्चिमको झल्को दिने गरी आन्दोलन गर्ने तयारी भैरहेको बताए। यस्तै आईतबार मात्र भट्टसँग अत्तरियामा गेटा मेडिकल कलेज सञ्चलनार्थ गठित संघर्ष समितीका पदाधिकारीहरुले अन्तरक्रिया गरेका थिए । उक्त कार्यक्रममा संयोजक लोकराज पाण्डेले भनेका थिए, माननीय ज्यु तपाई संसदको मोर्चा सम्हाल्नुस हामी सडकको मोर्चामा हुन्छौँ। भोलपल्टै साँसद भट्टले सुदुरपीश्चमको मागलाई बहसमा ल्याउने गरी डोटेली भाषामा भने,- गेटामा राष्ट्रिय चिकित्सा विश्वबिद्यालय बनाउनकी लेखा बनाउनका लागी संघर्ष थालीरैछौं।
हमरा माग पुरा नाई होइरान । उनले त्यसका लागी लोकराज पाण्डेको संयोजकत्वमा आनन्द भट्ट र धर्म रोकायाको सहसंंयोजकत्वमा संघर्ष समिती बनेको जानकारी दिए । बेली (हिजो) सुदुपश्चिमले गरेको अखण्ड सुदुरपश्चिम आन्दोलनको झल्को दिन्या गरी तयारी गरिदैछ, उनले भने। सुदुरपश्चिममा पहिलो राष्ट्रिय चिकित्सा विश्व बिद्यालय बनाउनाकी लेखा सुदुरपश्चिमका जनता तमी तिर आँखा फर्काइबर हेरिर्यान। पाँचौ पटकसम्म प्रधानमन्त्री हुँदा सुदुरपश्चिम र त्यँहाका बासिन्दा खुसी भएको बताउँदै सांसद भट्टले त्यही खुसी त्यहाँका जनतालाई दिन माग गरेका हुन् ।
यस्तै उनले भने, हामीले ध्यानाकर्षण गराया थ्यौँ प्रधानमन्त्री ज्यु।
सुदुरपश्चिममा तमलाई पाँचौ पटक प्रधानमन्त्री हुन्ज्या सबैले खुसी ब्यक्त गर्र्यो। सामाजिक सञ्जालमालै तमी भाइरल भया । गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनकी लेखा संघर्ष थालिदैछ। हामले माग ग¥या, सम्बोधन नाइ भयो। लोकराज पाण्डेको संयोजकत्वमा आनन्द भट्ट र धर्म रोकायाको सहसंयोजकत्व्मा संधर्ष समिती बनिरैछ। बेली सुदुरपश्चिमले गरेको अखण्ड सुदुरपश्चिम आन्दोलनको झल्को दिन्यागरी तयारी गरिरैछ। सुदुरपश्चिममा पहिलो राष्ट्रिय चिकित्सा विश्वबिद्यालय बनाउनाकी लेखा सुदुरपश्चिमका जनता तमी तिर आँखा फर्काइबर हेरिर्यान। यो मागकै रुपमा तमले सम्बोधन गद्दु पडन्छ, उनले भने।भिडियो सहित हेर्नुहोस