बाजुरा। बाजुराको बुढीगंगाको निर्वाचन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकमा एमाले प्रतिनिधिले सहमति जनाएपनी हस्ताक्षर गरेनन् नगरेको पाइएको छ।
बैठकले गरेको निर्णयमा नेकपा एमालेबाट प्रतिनिधित्व गरेका नेकपा एमालेका नेताहरुले सहमति जनाएपनी सो निर्णयमा हस्ताक्षर नगरेको पाइएको हो। सो निर्णयमा हस्ताक्षर किन गर्नु भएन भनेर नेकपा एमालेको तर्फबाटका प्रतिनिधि भरत बहादुर थापालाई सोध्दा हेड अफिसमा मुद्धा परेकोले उक्त मुद्धाको फैसला नहदा सम्म आफुहरुले निर्णयमा हस्ताक्षर गर्न नहुने हुदाँ निणर्यमा हस्ताक्षर नगरेको बताए।
तर सो निर्णयमा आफ्नो पार्टीको पुर्ण समर्थन रहेको बताए। थापाले सो मुद्धाको असार ७ गते फैसला हुने र ८ गते आफु लगाएत आफ्ना पार्टीका प्रतिनिधि गएर निर्णयमा हस्ताक्षर गर्ने बताए । यता मुख्य निर्वाचन अधिकृत तथा माननिय जिल्ला न्याधिश श्री माधव प्रशाद घिमिरेलाई सोध्दा उहाँहरुले आफ्नो सहमति रहेको तर हस्ताक्षर गर्दैनौ भने, तर हस्ताक्षर नगर्नाको कुनै कारण भने नखुलाएको बताए। विहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय वैठकले बुढीगंगाको निर्वाचन असार २३ गते गर्न बुढीगंगा निर्वाचन अधिकृतलाई सिफारीस गर्ने , सो क्षेत्रमा शान्ति सुरक्षाको कडाई गर्ने जस्ता निर्णयहरु गरेको थियो । सो निर्वाचन सम्बन्धमा जिल्लाको ६ वटा राजनितिक दलहरु र जिल्लाका सुरक्षा निकाय प्रमुख लगाएतको पाँचौँ पटक बसेको सर्वदलिय बैठकले निर्वाचनमा मिति तोकेको हो ।