कैलाली। सशस्त्र प्रहरी बलले सुदूरपश्चिमका विभिन्न स्थानहरुमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत मनसुन एवं विपद्जन्य घटनामा आधारित कृतिम अभ्यास (सिमुलेशन) सञ्चालन गरेको छ।
जेठ २७ गते देखी असार १ गतेसम्म सशस्त्र प्रहरी बल नेपालले सुदुरपश्चिम प्रदेशका बिभिन्न स्थानहरुमा बिपद् पुर्व तयारी तथा प्रतिकार्य योजना अन्तर्गत जलजन्य बिपद् उद्धार कार्यलाई प्रभावकारी प्रतिकार्य मार्फत सम्भावित क्षति न्युनिकरण गर्ने उदेश्यका साथ सशस्त्र प्रहरीद्वारा प्रदेश स्तरिय मनसुन एवं बिपद्जन्य घटनामा आधारित कृतिम अभ्यास गरेको हो। बिपद्को समयमा प्रभावितहरुको खोज तथा उद्धार गरी स्थानिय श्रोत साधनको अधिकतम उपयोग द्धारा खोज तथा उद्धार कार्यलाई चुस्त, दुरुस्त एबं प्रभावकारी बनाउनकालागी बिपद् व्यवस्थापन तालिम प्राप्त टोली परिचालन गरिएको थियो।
कैलालीको गोदावरी नगरपालीका २ स्थित लामीताल, धनगढी उपमहानगरपालीका ९ रामघाट स्थित मोहना नदि, गोदावरी नगरपालीका ४ हाट खोली, जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालीका ५ बनसमिति रकञ्चनपुर जिल्ला भिमदत्त नगरपालीका ६ ऐठपुर, जिल्ला डोटी दिपायल सिलगढी नगरपालीका ३र ५, जिल्ला दार्चुला महाकाली नगरपालीका १ स्थित निज्याङ्ग खोला, जिल्ला अछाम मंगलसेन नगरपालीका ४ स्थित कैलास खोला, जिल्ला बैतडि दशरथचन्द नगरपालीका ४ गढी स्थित टुडिखेलमा जलजन्य बिपद् घट्नामा आधारित रही एकल तथा संयुक्त कृत्रिम घट्ना अभ्यास संचालन गरेको छ ।यस्तै डडेल्धुराको अमरगढी नगरपालीका ७ खलङ्गा, जिल्ला बाजुरा बडिमालिका नगरपालीका ८ स्थित बाउली खोला र जिल्ला बझाङ्ग जयपृथ्वी नगरपालीका १० स्थित बहुली गाडमा जलजन्य बिपद् घट्नामा आधारित रही एकल तथा संयुक्त कृत्रिम घट्ना अभ्यास (Simulation Exercise) संचालन गरेको, उक्त अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सप्रनामनि दुर्गाप्रसाद भट्टराई,नेपाली सेना ,नेपाल प्रहरी,नेपाल रेडक्रस सोसाईटी लगायत स्थानिय बासिन्दाहरुको समेत उपस्थिति रहेको सशस्त्र प्रहरी नेपाल नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले जनाएको छ ।