बैतडी। बैतडीमा टिप्पर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।कञ्चनपुरको महेन्द्रनगरबाट इँटा बोकेर दार्चुला जादैं गरेको म १ क ३८८ नम्बरको टिप्पर दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ कनेडा मोडमा बिहीबार बेलुका ६ बजे दुर्घटनामा परेको हो ।
टिप्पर दुर्घटनामा हुँदा चार जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए । घाइने हुनेहरुमा टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका ५ का सन्तोष डगौरा, सहचालक भीमदत्त नगरपालिका ४ का विरेन्द्र चौधरी, बैतडीको पाटन नगरपालिका ३ का हिरा विक र पाटन नगरपालिका ४ का हरिना ऐरी महरा घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घाइते चारैजनालाई उपचारका लागि एम्बुलेन्स मार्फत डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए । टिप्पर सडकबाट करीब २ सय ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।