डोटी। डोटीमा पुलबाट खसेर एक जना महिलाको मृत्यु भएको छ। डोटीको आदर्श गाँउपालीका वडा न ६ की १८ बर्षिया ढुल्लु अधिकरीको काठको पुलबाट खसेर मृत्यु भएको छ ।
बिहिबार बिहान आदर्श ६ गिरिचौकाको बबिना देखि सिगास गाउँपालिका बैतडी साङडामा रोपाई गर्न जाने क्रममा पुलबाट खसेर मृत्यु भएको स्थानीय बिरबहादुर थापाले जानकारी दिए । पुलबाट सेतीमा खसेकी उनको शब पुल नजिकै फेला परेको छ ।
गत बर्ष कार्तिकको महिना परेको अबिरल बर्षाका कारण आदर्श –६ गिरिचौका र बबिना जोडने सेती नदी माथी रहेको झोलुङ्गे पुल बगाएपछि अस्थायी रुपमा बनाएको काठको पुलबाट खसेर अधिकारीको मृत्यु भएको हो । दुइ जिल्लाका सिमानामा बस्ने स्थानीयको दैनिकीसंग जोडिएको महत्वपूर्ण बाटोमा निर्माण गरेको झुलुङगे पुल नै बगाउँदा स्थानीयलाई सास्ती भएको छ ।