काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवादमा सर्वोच्च अदालतमा बहस सकिएको छ। नेकपा एमालेका तर्फबाट निवेदकले मागेको अन्तरिम आदेश जारी नहुने सम्भावना बढेको छ।
न्यायाधीश हरि फुयाँलको एकल इजलाशले संयुक्त इजलाशमा पठाउने तयारी गरेको हो। बहसका क्रममा न्यायाधीश फुयाँले एकल इजलास भन्दा संयुक्तमा लगेर न्याय निरुपण गर्दा के हुन्छरु भनेर निवेदक र सरकारी वकिललाई सोधेका थिए। सरकारी वकिलले सहमति जनाएका छन् भने निवेदकले भने अन्तरिम आदेश जारी हुनुपर्ने बताएका छन्।
सुनुवाइको मिति तोकेर संयुक्त इजलाशबाट उक्त मुद्दाको फैसला गर्नेगरी आदेश आउने संकेत बहसका क्रममा देखिएको हो। उक्त नगरपालिकाको मतदानका क्रममा विवाद भएपछि नेपाली कांग्रेसले पुनस् मतदानको माग गरेको छ भने नेकपा एमालेले मतगणना हुनुपर्ने माग गरेको छ। निर्वाचन आयोगले बहुमतबाट पुनस् मतदानको निर्णय गरिसकेको छ। एमालेले स्थलगत अध्ययन प्रतिवेदनअनुरुप निर्णय नभएको भन्दै सर्वोच्च गुहारेको हो।यस सँग सम्बन्धित थप समाचार
बाजुराको बुढीगंगा निर्वाचन विवाद: सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने
काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवादमा सर्वोच्च अदालतमा हुन लागेको सुनुवाइमा सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने तयारी गरेको छ। नेकपा एमालेले मतगणनाको माग गर्दै अन्तिरिम आदेश मागेपछि सरकारी पक्षले उक्त तयारी गरेको हो। सरकारी वकिल सरकारका पक्षबाट स्वत: जानकारी लिएर बहसमा उत्रिने भएका हुन्। यसअघि प्रहरी महानिरीक्षकमा बढुवा विवादमा एआइजी विश्वराज पोखरेलले हालेको मुद्दामा पनि सरकारी पक्षले हस्तक्षेपकारी बहस गरेको थियो।बुढीगंगा निर्वाचन विवादमा सरकारका पक्षबाट बहस गर्न महान्याधिवक्ताको कार्यालयबाट एकजना सरकारी वकिल पठाइएको छ।आवश्यक पर्दा महान्यायाधिवक्ता खम्मबहादुर खाती आफैसमेत उपस्थित हुने तयारी छ। नेपाली कांग्रेसका तर्फबाट महान्याधिवक्ता खातीका दाइ रंग खाती पालिका प्रमुखका उम्मेदवार छन्। मुद्दा न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको छ। मतदानका क्रममा विवाद भएपछि नेपाली कांग्रेसले पुनस् मतदानको माग गरेको छ भने नेकपा एमालेले मतगणना हुनुपर्ने माग गरेको छ। निर्वाचन आयोगले बहुमतबाट पुनस् मतदानको निर्णय गरिसकेको छ। एमालेले स्थलगत अध्ययन प्रतिवेदनअनुरुप निर्णय नभएको भन्दै सर्वोच्च गुहारेको हो।