धनगढी : कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् । प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् । पदाधिकारीमा विजयी सबै कुँवर प्यानलकै उम्मेदवार हुन् । शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो ।
उधोग बाणिज्य संघको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर कोषाध्यक्षमा बिजयी भएका भीमराज ओझा अब्बु निर्वाचनको म्यान अफ द म्याच बनेका छन् । ओझाले ६ सय ८० मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी रन्जन कुमार सर्माले ३ सय ३ मत प्राप्त गरेका थिए ।
बिजयी भएसंगै ओझाले सबैलाई धन्यबाद दिएका छन् । सबैको रा्जाइमा पर्दा निकै खुशी लागेको ओझाले बताए । उधोग बाणिज्य संघलाई सबैको साझा संस्था बनाउनेगरी काम गर्ने ओझाको प्रतिबद्धता छ ।