बैतडी। बैतडीको दशरथचन्दमा विद्युत पोल भाँचिदा विद्युत सेवा अवरुद्ध भएको भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरुखोलामा बिजुलीकोे पोल भाँचिदा तीन दिन देखि विद्युत सेवा अवरुद्ध भएको हो ।
नेकपा एकिकृत समाजवादी अध्यक्ष समेत रहेका गुरुखोलाका स्थानीय महादेव भट्टले आफनै जमिनमा रहेको रुख काट्दा पोल भाँचिएपछि तीन देखि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध भएपछि गुरुखोला आसपासका नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युतको पोल भाँचिदा दशरथचन्द नगरपालिका वडा नं १ र २ तथा सुर्नया गाउँपालिका वडा नं १ का विभिन्न स्थानका स्थानीबासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्।
विद्युत पोल भाँचिएकै कारण रेडियो निङ्गलाशैनी जेनेरेटरबाट सञ्चालन गर्नुपरीरहेको छ । दशरथचन्द नगरपालिका वडा नं १ का खाल, कलौन, झोकाली लुइटा, पितलथला , नाका र सुर्नया गाउँपालिकाको हटैराज र दनपाकै वडा नं २ को दौला टोलमा समेत विद्युत सेवा अवरुद्ध छ। यता नेपाल विद्युत प्राधिकरण बैतडीका सुपरभाइजर माधव लेखकले भने नयाँ पोल गाडेर विद्युत सेवा सुचारु गर्ने काम भइरहेको बताएका छन् ।