डोटी। डोटीमा बेपत्ता भएका बालक १८ दिन पछि मृत भेटिएका छन्। डोटीकोे शिखर नगरपालिका– ७ विष्टैका १४ वर्षीय बालक बिक्रम रावल मृत अवस्थामा भेटिएका हुन् । जेठ ८ गते घरबाट निस्किएका बालकको परिवार तथा गाउँलेले खोजी गर्दा भेटाउन नसकेपछि २० गते प्रहरीमा निवेदन दिईएको थियो ।
बालकको शव शिखरको लेकमा रहेको तलाउमा तैरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । हराएको भैंसी खोज्न गएका गोठालाले शव भेटाएपछि स्थानीयलाई खबर गरेका थिए । मृतक बालकका दाजु रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । बालक आमासँग बस्दै आएका थिए ।
डोटीका एक बालक १० दिन देखि बेपत्ता