धनगढी। धनगढी उप–महानगरपालिकाका १९ वटै वडामा हरेक महिनाको एक दिन निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
९ वटै वडामा हरेक महिना स्वास्थ्य शिविर गर्नका लागि धनगढी उपमहानगरपालिकाका र भाटभटेनी सुपर मार्केटसँग सम्झौता भएको हो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपर मार्केटका अध्यक्ष कुलबहादुर गुरुङबीच आगामी पाँच वर्षका लागि बुधबार सम्झौता भएको हो।
प्रत्येक वडामा महिनाको एक पटक (एक दिन) स्त्रीरोग विषेशज्ञ र फिजिसियन डाक्टरसहित नगरबासीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम ल्याएको हो। यस कार्यक्रम अन्तर्गत हरेक वडामा ईसिज, अल्ट्रासाउन्ड, प्रयोगशाला र अरु उपचारहरु निःशुल्क हुनेछन। धनगढी उपमहानगरपालिकाले स्वास्थ्य शिविरको ब्यवस्थापन गरिदिने छ भने भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्म दुई जना विषेशज्ञ चिकित्सकको मासिक तलब र भत्ता उपलब्ध गराउने सम्झौता भएको छ। स्वास्थ्य शिविरका लागि मेयरले चढने गाडीलाई पोर्टेबल प्रयोगशाला बनाईने भएको छ।