धनगढी : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जित बहादूर मल्ल निर्बिरोध चयन भएका छन् ।
लामो समय मजदूरका आवाज बुलन्द गर्दै शसक्त रुपमा लागेका सालिन नेता मल्ल प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । पहिलो प्रदेश कमिटि सचिव समेत रहेका मल्ल आज प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।
जिफन्टको प्रदेश सचिवमा चन्द्र प्रकाश गैरे, उप सचिवमा सोभा रावल निर्बिरोध चयन भएका हुन् । यस्तै सदस्यमा कृष्ण प्रसाद डुगेंल, चन्द्रा खड्का, कर्ण बहादूर हमाल, दान बहादूर बिष्ट, अर्जुन न्यौपाने, भोज बहादूर ऐर, चित्रा ओझा, गिता सिहं, बिष्णुमाया अर्याल, कमला देवकोटा, दान बहादूर चन्द, कृती बहादूर शाही, माधवी शाही र हिरादेवी बिष्ट चयन भएका हुन् ।
आज नेपाल ट्रेड युनियन महासंघ जिफन्ट का सुदूरपश्चिम प्रदेश अध्यक्ष देब बहादूर बमको अध्यक्षमा आयोजित प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन जिफन्टका राष्ट्रिय अध्यक्ष बिनोद श्रेस्ठले गरेका थिए । कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम सचिव धर्म पाठक, जिफन्टका राष्ट्रिय महासचिव जनक चौधरी, सचिव बेलीमाया घलेद, सचिव कृष्ण बहादूर केसी, सदस्य सिता लामा लगायतको उपस्थिती थियो ।