धनगढी। धनगढी स्थीत नवजिबन अस्पताल प्रालीमा न्युरो सर्जरी सेवा सुचारु गरिएको छ। अस्पतालमा झण्डै तिन महिना देखी न्युरो सर्जरी सेवा सुचारु भैरहेको हो।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) चक्र खडायतका अनुसार मस्तिष्क, मेरुदण्ड, नशारोग बिशेषज्ञ डाक्टर बिकेश खम्बुले उपचार सेवा प्रदान गरिरहेको बताएका छन्।न्युरो सर्जरीका लागि आवश्यक अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था गरी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
अहिले मस्तिष्कको चोट, मस्तिष्कको ट्यूमर, सेरेब्रल रक्तस्राव लगायतका समस्या भएका बिरामीले उपचारकालागि अन्यत्र जानुपर्ने बाध्यता हटेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) खडायतले बताए ।नेपालमा १५ बर्ष देखी न्युरो लोजी, न्युरो सर्जरी सम्बन्धी उपचार सेवा सुचारु भएको बताउँदै नवजिबन अस्पताल प्रालीमा मस्तिष्क, मेरुदण्ड, मृर्गी, नशारोगका बिरामीलाई उपचार सेवा सहज हुने बताए। न्युरो सर्जरीमा टाउको सम्बन्धि, हातगोडा नचल्ने, मेरुदण्डमा चोट लागेको, टाउकोमा चोट लागेको, ट्युमर लगायतका बिरामीलाई नवजिबन अस्पतालबाटै सेवा प्रदान गरीने बताए। सुदुरपश्चिम प्रदेशका न्युरो सर्जरी सम्बन्धीका बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न पाउँदा आफुलाई खुसी लागेको महशुस भएको बिकेश खम्बुले बताए। उनले दिन अघिमात्रै सो सम्बन्धि समस्या भएका बिरामीको सफल अप्रेसन भएको जानकारी दिएका छन् ।