सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी कैलालीको अत्तरिया क्षेत्रको वन अतिक्रमणमा यसै क्षेत्रका व्यपारी, नेता देखि पत्रकारहरुको सहभागिता रहेको बताएका छन ।
विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको शान्ति पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री धामीले सो कुरा बताएका हुन ।
‘प्रत्येक ठाउँमा यहाँका भद्र भलादिमीहरुको सहभागिता देखिन्छ । ठूलाठूला व्यवसायीहरुको सहभागिता देखिन्छ । ठूलाठूला प्रतिष्ठित व्यक्तिहरुको सहभागिता देखिन्छ । केही ठाउँमा पत्रकारहरुको पनि सहभागिता छ । यहाँका चुल्ठे मुल्ठेको पनि सहभागिता छ’ उनले भने ‘यसलाई निमट्यान्न पार्नका लागि यस क्षेत्रका युवा, महिला दिदीबहिनी जागरुप हुनु भएन भने यो ठाउँको जंगल सखाप हुन्छ ।’
उनले यस क्षेत्रमा व्यापक वन अतिक्रम भएको र एक सामुदायीक वन नै गायव भएको बताए ।
‘उत्तर पट्टिको गोदावरी छेउछाउ, पश्चिम पट्टि एउटा सामुदायीक वन गायव नै भइसकेको हामीकहाँ जानकारी आएको छ । दक्षिण पट्टिको लक्ष्मी सामुदायीक वन पनि त्यस्तै छ । पुल पारीको सामुदायीक वन पनि अतिक्रमणमा परेको छ’ उनले दोहो(याउदै भने ‘अत्तरियामा रहेका ठूलाठूला व्यपारी, पत्रकार संग आवद्ध रहेका साथीहरु, सुरक्षा तहमा उपल्लो तहमा बसेकाहरु, राजनीतिक दलका ठूला पदमा बसेकाहरु यस क्षेत्रमा वन अतिक्रमण गरिरहनु भएको छ । यो हामीले देखेका छौ । सुनेका छौ ।’