बाजुरा। काठमाडौंको मूलपानीमा बाजुरा घर भएका एक युवक मृत भेटिएका छन् । काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् ।
मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा भुईँमा खसेको अवस्थामा बिहिबार उनको शव भेटिएको थियो । युवकका आफन्तहरुले घटना शंकास्पद भएको दाबी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।
प्लाष्टिक र कपडाले गाँसिएको डोरी चुँडेको अवस्थामा भेटिएको छ। उनी केहि दिनअघि मात्र बाजुराबाट काठमाडौं आएका थिए । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।