डडेल्धुरा। डडेल्धुरा-दीपायल सडकखण्डमा एक पुरुष मृत फेला परेका छन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ सकायलस्थित डडेल्धुरा-दीपायल सडकखण्डमा गन्यापधुरा-३ कै अन्दाजी ४५ वर्षीय भल्लु दमाई मृत फेला परेका हुन्।
उनको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी गएराति साढे १२ बजेतिरको समयमा सडकमा मृत भेटिएका थिए । ठक्कर दिने सवारी साधन के हो भन्ने नखुलेको र खोजतलास भइरहेको जनाइएको छ। मृतक दमाईको मानसिक अवस्था ठिक नभएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।