धनगढी। राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार सुदूरपश्चिम आउने भएकी छिन्। उनी बुधबार बाजुरा जाने भएकी हुन्।
राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार आज सुर्खेत पुगेकी बताइएको छ। उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी मंगलबार सुर्खेत आएकी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी मंगलबार १:४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेको जानकारी दिए । उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् ।