कञ्चनपुर। सरकारले कञ्चनपुरको भीमदत्तनगर र दोधारा चाँदनी जोड्ने महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गर्न सरकारले ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । महाकालीमा चार लेन पुलका लागि ४१ करोड बजेट विनियोजन भएको छ।
सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा कञ्चनपुरको भीमदत्तनगर र दोधारा चाँदनी जोड्ने महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण गर्न सरकारले ४१ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।