बैतडी। बैतडीमा विद्युतीय राहदानी (ई –पासपोर्ट)सेवा सुरु भएको छ । बैतडीमा बुधबारबाट जिल्ला प्रशासन कार्यालय बैतडीले विद्युतीय राहदानी ई –पासपोर्ट सेवा सुरु गरेको सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
अब वैदेशिक रोजगारिमा जानेहरुले जिल्ला प्रशासन कार्यालय बैतडीमा १५ दिन भित्र राहदानी पाउने उनले बताए । दैनिक १० देखि १५ जनाले ई –पासपोर्ट सेवा पाउने उनको भनाइ छ । उनले भने ‘हामिले ई –पासपोर्ट सेवा सुरु गरिसकेका छौँ , अव वैदेशिक रोजगारिमा जानेहरुले १५ – २० दिन भित्रै जिल्लामै विद्युतीय राहदानी पाउँछन् ।’ विद्युतीय राहदानी ई –पासपोर्ट बनाउनेले १० हजार शुल्क तिर्नुे पर्ने बताइएको छ ।
ई –पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनु पर्ने र राहदानी बनाउन काठमाण्डौँ जानु पर्ने यहाँका नागरिहरुको बाध्यता हटेको छ । यहाँबाट काठमाण्डौँ गएर राहदानी बनाउनु पर्दा बैतडी बासीहरुलाइ निकै अप्ठारो र सारै खर्चिलो हुने गरेकोमा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भारतीले बताए । यस्तै विद्युतीय राहदानी ई –पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने उनले बताए ।