कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा पाउने भएका छन् ।
मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएपछि यहाँका जेष्ठ नागरिकले सो सेवा पाउने भएका हुन् । उपमहानगरपालिकामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान(परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निर्णय गरिएको छ ।
उनीहरुलाई निजी अस्पतालमा निःशुल्क ओपीडी सेवासँगै औषधिमा समेत ५ प्रतिशत सहुलियन दिने सम्झौता भएको निर्णयमा उल्लेख छ । धनगढी उपमहानगरपालिका नवनिर्वाचित मेयर गोपाल हमालले अगामी आर्थिक वर्ष २०७९र०८० देखि २०८३र०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने बताए। धनगढीको विकासका लागि योजनाबद्व रूपमा काम थाल्ने उद्देश्यले पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर अगाडि बढ्ने उनले बताए ।