धनगढी। सुदूरपश्चिम प्रदेशको एकमात्र उप-महानगरपालिका धनगढीको मत गणना जारी छ । कैलालीको धनगढीमा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतको अग्रता कायम नै राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार साँझ सार्वजनिक गरेको मतपरिणामअनुसार धनगढीमा ३५ हजार ८९४ मत गन्दा हमालले १६ हजार ४१५ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ८ हजार १२३ मत पाएका छन्। हमाल र वडबीच ८ हजार २९२ मतको अन्तर छ।
यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ३ हजार ७७४ मत ल्याएर तेस्रो स्थानमा छन्। १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ४५७ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ६ हजार ६१७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत पाएका छन्।शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। अहिले धनगढीका ५ वडाको मत गणना भइरहेको छ। वडा नम्बर ५, ६, ७, १४ र १५ को मत गणना भइरहँदा कसले कति मत पाएका छन्,यहाँ हेर्नुहोस मतगणना भइरहेको वडाको मतपरिणाम