डोटी। डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । डोटीको सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर-उपमेयर सहित भारी मतले विजयी भएको हो ।
नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार बाजी सिंह खड्का (विजय) ५ हजार १३८ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गरे। अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उमेदवार खगेन्द्र बहादुर साउँद (केबी)ले १ हजार ९८३ मत मात्रै प्राप्त गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरका उमेदवार रोशन भण्डारीले ५६ मत प्राप्त गरेका छन् ।
भने जनता समाजवादीका उमेदवार कलादेवी श्रेष्ठले १४ मत प्राप्त गरिन्। त्यस्तै राष्ट्रिय जनमोर्चाका उमेदवार नरेश आलेले ५ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार असोक बिक (लुहार)ले ४ मत प्राप्त गरेका छन् ।नगर उप–प्रमुखमा नेपाली कांग्रेसकै उमेदवार कलावती महर (साउँद) ४ हजार ७६८ मतसहित विजयी भएकी छिन्। उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार रुपा कठायतले ४ हजार १२९ मत प्राप्त गरिन् । अर्का प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार ऐश्वर्या भण्डारी (विष्ट)ले ५७८ मत मात्रै प्राप्त गरिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार शान्ती कुमारी बोगटी (खड्का)ले १८७ मत मात्रै प्राप्त गरिन् ।निर्वाचित मेयरका उमेदवार खड्का २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उमेदवार मञ्जु मलासीसँग पराजित भएकी थिइन्। ०७४ मा कांग्रेसले ४ वटा वडा मात्रै जितेको थियो भने एमाले ५ वडा सहित मेयर/उपमेयरमा विजयी भएको थियो ।यसपटक एमालेको विरासत तोड्दै कांग्रेस पाँच वटा वडामा विजयी भएको छ। स्वतन्त्र जितेका एक जना वडा अध्यक्ष यसअघि कांग्रेसबाट विजयी भएका थिए । एमाले नगरका दुई वटा वडा र माओवादी एक वडामा विजय भएको छ । वडा नं. १ मा नेपाली कांग्रेसका उमेदवार कृष्ण बहादुर साउँद, २ मा स्वतन्त्र उमेदवार राजेन्द्र खड्का र ३ मा नेपाली कांग्रेसकै नारायण सिंह साउँद विजयी भएका छन्। त्यस्तै, वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका उमेदवार अशोक कुमार सोप, ५ मा कांगेस्रका गणेश बहादुर भण्डारी र ६ मा नेकपा एमालेका नरेश मलासी विजयी भएका छन् ।
वडा नं। ७ मा एमालेका कर्ण बहादुर विष्ट, ८ मा नेपाली कांग्रेसका दशरथ बलायर र ९ मा नेपाली कांग्रेसका हर्क बहादुर साउँद विजय भएका छन्।