डडेल्धुरा। डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्षमा उमेश प्रसाद भट्ट निर्वाचित भएका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका तर्फबाट भट्ट बिकास अध्यक्षमा निर्वाचित भएका हुन् । उनी पुनः पालिका अध्यक्षमा निर्वाचित हुनुभएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिदै बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार उमेशप्रसाद भट्ट, एमालेका उम्मेदवार पदम पाल, नेपाली काँग्रेसका उम्मेदवार टेकराज पाण्डेयले अध्यक्षका लागी उमेदवारी दिएका थिए । यस्तै उपाध्यक्षमा काँग्रेसका उमेदवार बसन्ती पाल, काँग्रेस विपीका उमेदवार रामचन्द्र ऐर, एकीकृत माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणको उमेदवार रहेको थियो ।