धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप- महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ । सुरु देखि नै हमालले अग्रता लिएका हमालले १० हजार ३ सय २९ मतगणना हुँदा ४ हजार ५ सय ३८ मत पाएका छन्।
यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४ सय २८ मत पाएका छन्। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार १ सय ४० मत पाएका छन्। त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १ सय ३८, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २ सय ५६ र एमालेकी कन्द्रकला रानाले १ हजार ९ सय ३८ मत पाएका छन्। शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप-महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो। यस्तो छ वडागत मत परिणाम…….