बैतडी। बैतडी मेलौलीको नगर प्रमुखमा माओवादीका भीम चन्द (भूकम्प) निर्वाचित भएका छन् ।बैतडीको मेलौली नगरपालिकामा सुरुवाती अवस्थामा नेकपा एमालेले अग्रता लिएपनी पछि नगर प्रमुखमा माओवादीका चन्द (भूकम्प) ले अग्रता लिएका थिए ।
माओवादीका भीम चन्द (भूकम्प) निर्वाचित भएको माओवादी नेता रमेश प्रसाद भटट्राईले जानकारी दिए । साथै बिजयी भएकोमा शुभकामना बधाई तथा सफल कार्यकाल को शुभकामना ब्यक्त गरेका छन् । मेयरमा विजयी भएका चन्दले ३ हजार ९६ मत प्राप्त गरे भने उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकले २ हजार ३७६ मत प्राप्त गरे ।यो नगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेदवार प्रेमबहादुर चन्दले तेश्रो मत प्राप्त गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पद जितेको कांग्रेसले यो पाली भने मेयर पद गुमाएको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती बोहरा बिष्ट विजयी भएकी छिन् । उनले एमालेकी हेमन्ती नायकलाई पछि पार्दै उपमेयरमा जित निकालेकी हुन् ।
उपमेयरमा विजयी कांग्रेसकी बिष्टले २ हजार ९२७ मत ल्याउँदा एमालेकी नायकले २ हजार ४०८ मत ल्याइन् । मेलौली नगरपालिकाका ९ वडा मध्ये ४ मा नेपाली कांग्रेस, तीनमा माओवादी केन्द्र र दुईमा एमालेले जित निकालेको छ ।वडा नं १ मा एमालेका शरदसिंह नेगी, वडा नं २ मा काँंग्रेसका कृष्णदत्त भट्ट, वडा नं ३ मा कांग्रेसका गगन भाट, वडा नं ४ मा माओवादीका हर्कबहादुर चन्द,वडा नं ५ मा कांग्रेसका भरतसिंह पुजारा, वडा नं ६ मा माओवादीका तारादत्त भट्ट, वडा नं ७ मा माओवादीका रामचन्द्र भट्ट, वडा नं ८ मा एमालेका तपेन्द्र बिष्ट र वडा नं ९ मा कांग्रेसका लोकराज भट्ट विजयी भएका छन् ।