सुदूरपश्चिम। सुदूरपश्चिममा मत गणना सम्पन्न स्थानीय तहमा नेकपा एमाले र कांग्रेस ७, माओवादी ६ ठाउँ विजयी भएको छ। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म २० वटाको मतगणना सम्पन्न भएको छ।
कम मतदाता रहेका २० वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। सोमबार बिहानसम्म एमालेले बझाङको थलारा, साइपाल,दार्चुलाको महाकाली,शैल्यशिखर, डोटीको जोरायल, बैतडी पञ्चेश्वर, कञ्चनपुरको लालझाडीमा जितेको छ।यस्तै, कांग्रेसले डडेल्धुरा गन्यापधुरा, नवदुर्गा, अछामको ढकारी, बाजुराको स्वामीकार्तिक खापर, डोटीको बडीकेदार र बैतडीको शिवनाथ, डोटीको आर्दशमा जित हात पारेको हो।
अछामको कमलबजार नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ। कांग्रेससँग गठबन्धन गरेर माओवादीले जितेको छ। यस्तै, माओवादीले दार्चुलाको मार्मा, लेकम, नौगाड, अपीहिमाल, डडेल्धुराको आलिताल र डोटीकोे बोगटान फुड्सीलमा नेतृत्व लिएको छ। प्रदेशका ८८ स्थानीय तहमध्ये केही बाहेक अधिकांश स्थानीय तहमा मतगणना जारी छ। मत परिणाम आउने क्रम जारी छ। २० मध्ये ७ स्थानीय तहमा नेकपा एमाले, ७ स्थानीय तहमा नेपाली कांग्रेस र ६ स्थानीय तहमा माओवादी केन्द्रका मेयर र अध्यक्ष विजयी भएका छन्।
सुदूरपश्चिमका १९ पालिकाको अन्तिम मतपरिणाम यस्तो छ