डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिका–१ को अध्यक्षमा नेकपा एमालेका यज्ञबहादुर देउवा (योगेन्द्र)निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसका गम्भीरसिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । देउवाले ४ सय ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी बोहराले ३७७ मत प्राप्त गरे ।
महिला सदस्यमा हिमा ओली ४ सय २४ र दलित महिला सदस्यमा नारदादेवी कामी ३ सय ९२ मतका साथ विजयी भएका छन् ।खुला सदस्यमा नेपाली कांग्रेसबाट रामबहादुर बोगटी ३ सय ९६ र कृष्ण खड्का ३८० मत ल्याउँदै विजयी भएका छन् ।