डोटी। डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लाल बहादुर विष्ट प्यानल सहित विजयी भएका हुन् । विष्ट ३३६ मत ल्याएर वडाध्यक्षमा निर्वाचत भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीर बहादुर विष्टले २९८ मत मात्रै प्राप्त गरेका छन् ।
एमालेको आधारक्षेत्र मानिने सो क्षेत्रमा २०४८ साल देखि नेपाली कांग्रेसले पराजय भोग्दै आएको थियो । २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट लाल बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका थिए । नेपाली कांग्रेसले धेरै वर्ष पछि एमालेको आधार इलाका भत्काएको दाबी गरेको छ । त्यसैगरी दुबै जना खुल्ला सदस्यहरु, महिला सदस्य र दलित महिला सदस्यमा पनि कांग्रेसकै उमेदवार विजयी भएका छन् ।