डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने आश्वासन दिएका छन्।चुनावी दौडधुपमा गृहजिल्ला आइपुगेका देउवाले चुनावी सभालाई गरेको संवोधनमा डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने बताए ।
‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’, देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’डडेलधुरामा प्रदेश राजधानी बनाउनका लागि आफ्नो पार्टीले जित्नु पर्ने देउवाको भनाइ छ । ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने।
यस्तै स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार हो भन्दै उनले स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ पनि हो भनेका छन्। नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौति पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेको उनले उल्लेख गरेका छन्। ‘अत्यन्त कठि साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्वान गर्दछु ।’ उनले भनेका छन् । हिजो गृह जिल्ला पुगेका देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने छन् ।देउवाले विज्ञप्ती निकालेर भने ‘कांग्रेसका उम्मेदवारलाई जिताउन भनेका छन् । यस्ताे छ अपिल