डोटी। खुटिया दिपायल फास्ट ट्रयाक सडक कार्य सम्पन्न गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
डोटीको दिपायल पुगेका प्रचण्डले फास्ट ट्र्याकको सुरुवात आफूले गरेको दाबी गर्दै सडकको विस्तार, सुदृढ र कालोपत्रे गर्ने कार्यमा आफूहरूले सहयोग गर्ने बताएका हुन् । यस्तैएकीकृत खप्तड पर्यटन विकासको प्रक्रियाको सुरुवात आफू प्रधानमन्त्री हुँदा गरेकोले पूर्णता पनि आफूहरूले दिने उनले बताए ।
यश प्रक्रियाले डोटेली जनताको आर्थिक सम वृद्धिको निम्ति सहयोग गर्ने विश्वास व्यक्त गरे । आसन्न स्थानीय तहको निर्वाचन नजिकिए सँगै विभिन्न दलका शीर्ष नेताहरू गाउँ केन्द्रीकृत भएका छन्। यसै क्रममा प्रचण्ड, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टी दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको चुनावी आमसभामा सहभागी हुन दिपायल पुगेका हुन् । यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताएका छन् ।