डडेल्धुरा। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। आरजुविरुद्ध हरिशप्रसाद अवस्थी नामका मतदाताले उजुरी दिएका हुन्।
बिहीबार आरजुले कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउनेु भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका हुन्।आरजुले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी थिइन्।
उनले कांग्रेस बिपीका उम्मेदवारलाई भोट नदिन आग्रह गर्दै भनेकी थिइन्, ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं,’ ‘यो कुरा ध्यान दिएर करूवा सरूवा हरुवा पार्टीलाई भोट नहाल्नुस्।’राणाको उक्त अभिव्यक्ति निर्वाचन आरसंहिताविपरीत रहेको भन्दै उनलाई सो विषयमा स्पष्टीकरण सोधी कानुन अनुसार कारबाही गर्न उजुरीमार्फत माग गरिएको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीपत्नी आरजुको पैसा नपठाउने अभिव्यक्ति विवादमा, आयोगले स्पष्टीकरण सोध्ने