कैलाली। नेकपा एमाले कैलाली जिल्ला सदस्य लगायत ७ जनालाई कारबाही गरेको छ। आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको नीति विपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूलाई कारबाही गरिएको हो ।
एमाले कैलालीका सचिव डेजी पाण्डेका अनुसार कारबाही हुनेमा एमाले कैलालीका जिल्ला सदस्य नेत्र मैनाली, जगतराम चौधरी रहेका छन् । मैनाली अखिलको सुदूरपश्चिम अध्यक्ष समेत हुन् ।
त्यस्तै गोदावरी नगर कमिटी उपाध्यक्ष बल बहादुर चौधरी, घोडाघोडी नगर कमिटी सदस्य सञ्जय चौधरी, बर्दगोरिया गाउँ कमिटी सदस्य पदम बुढा थापा, गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष प्रेम भण्डारी र पार्टी सदस्य राम बहादुर मल्ललाई कारबाही गरिएको हो ।उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको एमाले कैलालीले जनाएको छ ।