धनगढी। नेपाल महिलासँघ धनगढी नगरसभापती जागृती बोगटीले राजनीति शुद्ध समाजसेवा भएको बताएकी छिन् । पत्रकारसँगको कुराकानीमा उनले राजनीति शुद्ध समाजसेवा भएको बताएकी हुन् ।
निस्वार्थ भावनाले समाज सेवा गर्नु धर्म रहेको बताउँदै राजनीतिलाई पेशा व्यापार नबनाउन उनले आग्रह समेत गरेकी छिन् ।बर्तमान समयमा नेपाली कांग्रेसमा देखीएको प्रबृतीले यस्तो देखाएको बताउँदै उनले महिला उमेदवारलाई स्थान नदिएको भन्दै आपत्ती जनाएकी छन्।आफुले बिगत समय राजनिती देखी बिभिन्न समाजसेवा गरिरहेको बताउँदै आफुलाई महिला उम्मेदवारलाई स्थान दिइनुपर्ने र मुल्याङ्कन हुनुपर्ने उनको भनाई छ।
आफुले बिगत समयमा समाजसेवा, राजनितीसेवा लगायत कोरोनाको समयमा बिभिन्न सहयोग गरेको उनले बताएकी छिन् । कोरोना सँक्रमणको सुरुवात देखी नै कैलाली कञ्चनपुरका सिमानाकामै गएर नेपाल भारत संघको तर्फबाट सिमानाका भएर आउने नागरिकलाई माक्र्स र सेनिटराईजर बितरण गरेको बताएकी छिन् । आफुहरुले रातीको १२ बजेसम्म उनीहरुलाई ब्यब्यस्थापन समेत गरेको उनको भनाई छ ।यस्तै कोरोना समयमा आफुले प्रदेशका बिभिन्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य चौकी तथा कोभिड उपचार केन्द्रलाई स्वास्थ्य सामाग्री बितरण गरेको बताएकी छिन् । स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मीहरुका लागि र अस्पतालका लागि २ दुई लाख ७५ हजारसम्मकाे स्वास्थ भजनी जाेशीपुरमा सामग्री हस्तान्तरण गरेकाे र पहाडी ठाउँमा समेत पठाएको जानकारी दिइन् ।उनले डोटी लगायत बिभिन्न स्वास्थ्य चौकी तथा कोभिड उपचार केन्द्रमा कोरोना सँक्रमण नियन्त्रण तथा उपचारका लागी स्वास्थ्य चौकी तथा कोभिड उपचार केन्द्रहरुमा कन्सट्रेटर, पल्स अक्सिमिटर, थर्मल गन, फेस मास्क, एन ९५ माक्स, सर्जिकल मास्क, पिपिई, ह्यान्डवास, स्यानिटाईजर तथा अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको बताईन् । यस्तै गौरीफन्टामा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बितरण गरेको उनले भनिन् । नेपाल भारत मैत्री संघले कञ्चनपुरको गौरीफन्टा नाका खटिएका सुरक्षाकर्मीलाई कोरोना भाईरस बिरुद्ध प्रतिकार्य सामाग्री बितरण गरेको थियो।
बढ्दै गएको दोस्रो चरण नयाँ भेरिएन्टको कोरोना भाईरसबाट सिमानाकामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी पनि बढी जोखिममा रहेको बताउँदै उनले दुवै देशका सुरक्षाकर्मीको सद्भाव कायम गर्न दुवै देशका सुरक्षाकर्मीलाई माक्स सेनेटाईजर लगाएत स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गरिएको बताईन् । यस्तै नेपाली काँग्रेस नेपाल महिला सँघ धनगढी नगरसभापती समेत रहेकी बोगटीले बाढी पीडीतलाई खाद्यान्न सहयोग तथा बिभिन्न समाजीक सेवामा योगदान गरेको बताएकी छिन् । नेपाल भारत मैत्री संघद्धारा कञ्चनपुरका १ सय ७४ बाढी पीडीतलाई खाद्यान्न सहयोग भएको बताईएकी छन । यस्तै अविरल वर्षाले प्रभावित भएका कैलालीको टीकापुर नगरपालिका ८ का ५० घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गरिएको बोगटीले जानकारी दिइन्। यस्तै महिला हिंसाका घटना रोकथाम गर्न बिशेष योगदान दिएको बताएकी छिन् । मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा महिला हकहित तथा हिंसात्मक घटना रोकथामकालागी पहल गरेको उनको भनाई छ ।