धनगढी। धनगढीमा गठबन्धनका उम्मेदवारहरुले आफ्ना चुनावी गतिबिधीलदाई तिब्र बनाएका छन् । यसैबिच धनगढीमा गठबन्धनका साझा उम्मेदवारहरुले वडा स्तरीय चुनावी भेला तिब्र बनाइरहेका हुन् ।
आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानिय निर्वाचनकालागी धनगढी उपमहानगरपालीकाका बिभिन्न वडामा वडा स्तरीय चुनावी भेला भैरहेको हो । गठबन्धनका उम्मेदवारहरुले धनगढीको वडा नम्बर १,२,८,९, १०,१२, १४, १८, १९ मा वडा स्तरीय चुनावी भेला गरिएको नेकपा माओवादी केन्द्रका नेता रमेश प्रसाद भटट्राईले जानकारी दिए ।
आज धनगढी वडा नम्बर १ मा भेला चलिरहेको जानकारी दिएको बताउँदै अन्य सबै वडामा यो भेला सञ्चालन गरीने बताए। साथै उनले धनगढीको समग्र बिकासका लागी गठबन्धनका साझा उम्मेदवारलाई अमुल्य मतदान गरिदिन आग्रह गरेको बताएका छन् ।