कैलाली। कैलाली अस्पतालमा न्युरो सर्जरी सम्बन्धि स्वास्थ्य उपचार सेवा सुचारु भएको छ । अस्पतालले पत्रकार सम्बेलनको आयोजना गर्दै न्युरो सर्जरी सम्बन्धि स्वास्थ्य उपचार सेवा सुचारु भएको जानकारी गराएको हो ।
अस्पतालका प्रबन्धक निर्देशक जनक राज जोशीले सर्जरी सम्बन्धी, महिला तथा स्त्री रोग सम्बन्धी, मुटु रोग,छाला तथा मानसिक रोग, आइसियु, एन आइसियु लगायतका सेवा दिइरहेको अवस्थामा यसबर्ष देखी न्युरो सर्जरी सेवा सुचारु गरिएको जानकारी दिए । उनले भने, धनगढीमा केही अस्पतालमा सामान्य रुपमा न्युरो सर्जरी सम्बन्धि उपचार सेवा भएका छन् । तरपनी कैलाली अस्पतालले बार्षिक क्यालेण्डर अनुसार नै यो सेवा सुचारु गरेको जानकारी दिए ।
बिरामीलाई उपचार सेवा दिन र थप स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उदेश्यसहित न्युरो सर्जरीको अप्रेसनका लागी चाहीने उपकरण तथा जनशक्ति सहित सुचारु गरिएको हो अस्पतालका प्रबन्धक निर्देशक जोशीले भने । मस्तिष्क, मेरुदण्ड, नशारोग बिशेषज्ञ डाक्टर बिकेश खम्बुले उपचार सेवा प्रदान गर्नेछन् । उनले ओपीडी सेवा पनी सूचारु भैसकेकोले जानकारी दिए ।
नेपालमा १०, १५ बर्ष देखी न्युरो लोजी, न्युरो सर्जरी सम्बन्धी उपचार सेवा सुचारु भएको बताउँदै कैलाली अस्पतालमा मस्तिष्क, मेरुदण्ड, नशारोगका बिरामीलाई उपचार सेवा सहज हुनेछ उनले भने । न्युरो सर्जरीमा टाउको सम्बन्धि, हातगोडा नचल्ने, मेरुदण्डमा चोट लागेको, टाउकोमा चोट लागेको, ट्युमर लगायतका बिरामीलाई कैलाली अस्पतालबाटै सेवा प्रदान गरीने बताए । सुदुरपश्चिम प्रदेशका न्युरो सर्जरी सम्बन्धीका बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न पाउँदा आफुलाई खुसी लागेको महशुस गरे । साथै उनले आर्थीक अवस्था कमजोर भएका बिरामीलाई केही सहुलियतदरमा उपचार गरिने बताएका छन् ।