धनगढी : ५ दलिय सत्ता गठबन्धनका तर्फबाट नेपाली काग्रेसका केन्द्रिय सदस्य नृप बहादूर वड फेरी धनगढीको मेयरमा उमेदवारी दिएर चुनावी मैदानमा उभिएका छन् । यस पटक उनिसंग पराजित भएका स्वतन्त्र उमेदवार गोपाल हमाल र एमालेका उमेदवार रण बहादूर चन्दसंग उनको प्रतिस्प्रधा हुने देखिएको छ । उमेदवार वडसंग चुनाव केन्द्रित गतिबिधिका बिषयमा कुरा गर्दा उनले २० बर्षपछि आएको स्थानिय सरकारले धेरै काम गरेको बताएका छन् ।
२० बर्षपछि स्थानिय तह आएसंगै हामी २०७४ सालमा निर्वाचित भयौँ वडले भने “हामीले धेरै काम गरेका छौँ १७ वटा वडा कार्यालय तयार भएका छन्, अधिकाशं नागरिकका घरमा खानेपानी, बिजुली पु¥याएका छौँ, बाटोघाटो, पुल, सिचाई, तटबन्ध निर्माण, शैक्षिक क्षेत्रको बिकास, धार्मिक तथा पर्यटकिय क्षेत्र, खेलकुद क्षेत्र लगायतमा हामीले थुप्रै बिकास गरेका छौँ र केही बिकास शुरु गरेका छौँ त्यो पुरा गर्ने गरी म फेरी उमेदवार बनेको छु ।”
२ बर्ष कोभिडले काम गर्नमा समस्या भयो, र केन्द्र सरकार आफ्नो पक्षमा नहुँदा ५ बर्षमा १४ वटा प्रमुख प्रशासकिय अधिकृत फेरिए त्यो समस्या निकै भोग्नुप¥यो वडले भने “हामीले ५ बर्षमा बिकासको जग बसालिसकेका छौँ अब ति काम पुरा गर्ने छौँ ।”
वडले आफुहरुसंग प्रतिस्प्रधामा कोही नआउने दावी गरे । २०७४ सालमा एक्लै बिजयी भएका हौँ अहिले हामीसंग ५ दल छन अनी कसले प्रतिस्प्रधा गर्छ त हामीसंग वडले भने “अहिले म कम्तिमा १० हजार मत बढी ल्याएर बिजयी हुन्छु, यतिको काम गरेको छु जनतालाई प्रस्ट थाहानै छ बाँकी काम पुरा गर्नका लागी चुनावी मैदानमा उभिएको छु जनताको साथ निकै पाउँछु ।”
वडले स्वतन्त्र उमेदवार गोपाल हमाललाई आफुले शुरु गरेका काम पुरा गर्छु भनेर बनाएको घोषणापत्र प्रती आपत्ति जनाए । मैले शुरु गरेका योजना ब्यवस्थित गर्छु भनेर स्वतन्त्र उमेदवारले घोषणापत्र बनाएको सुनियो ति काम मैले शुरु गरिसकेको छु समयमै सम्पन्न हुन्छन नी आफ्ना योजना भए छुट्टै ल्याए भयो नी किन मैले शुरु गरेकै योजना देखाएर घोषणा पत्र बनाउनु परेको झन मोडल बनाउँछु रे ।”
धनगढी मोडल बनाउनका लागी मैले योजना शुरु गरिसकेको छु । उनले भने “ जे काम गरेर धनगढी मोडल बनाउँछु भनेर स्वतन्त्र उमेदवारले भन्नुभएको छ ति काम मैले शुरु गरिसकेको छु अनी ५ बर्षमा धनगढी मोडल बनिरहेकै छ नी ।”
वडले स्वतन्त्र उमेदवार कोही नभएको बताए । यहाँ कोही स्वतन्त्र उमेदवार हुनुहुन्न उनले भने “बषौँसम्म पार्टीको प्रमेख बन्ने अनी पार्टीकै समर्थनमा स्वतन्त्र उमेदवार बनेर जनता झुक्याउन पाईएन नी ।” म संग प्रतिस्प्रधा कसैको नहुने देखिएपछि सबै आत्तिएका छन् वडले भने “धनगढीको बिकास नेपाली काग्रेंस बाहेक अरु कसैले गर्न सक्दैन त्यस कारण धनगढीमा काग्रेंस बाहेक अरुले बिजयी हासिलपनि गर्न सक्दैन ।”