धनगढी : धनगढी उप महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षका लागी ओम बिक्रम चन्दले उमेदवारी दर्ता गराएको छन् । नेकपा एकिकृत समाजवादी कैलाली जिल्ला कमिटि सदस्य समेत रहेका चन्दले पार्टीको तर्फबाट वडा अध्यक्षका लागी उमेदवारी दर्ता गराएका हुन् । नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा चन्द सहित सदस्यहरु धुर्व बराल, ईश्वर चन्द, तर्क कुमारी सर्मा र मिना परियार नेपालीले उमेदवारी दर्ता गराएका हुन् ।
निबर्तमान वडा सदस्य समेत रहेका चन्दले आज निर्वाचन अधिकृतको कार्यालयमा गएर उमेदवारी दर्ता गराएका हुन् । उमेदवारी दर्ता गराउँदै चन्दले वडालाई लागु औषधमुक्त वडा बनाउने उद्घोष गरेका छन् । यस्तै वडाबाटै रोजगारको वातावरण श्रृजना गराउने तर्फ केन्द्रित हुने चन्दले बताएका छन् । साथै अब्यवस्थित छाडा चौपायाको ब्यवस्थापन गर्नेपनि चन्दले बताएका छन् ।
युवाहरुमाझँ लोकप्रिय मानिएका चन्द लामो समयदेखी राजनितिमा सक्रिय छन् । २०७४ सालको स्थानिय तह निर्वाचनमा एमालेबाट चुनाव लडेका चन्दले सबैभन्दा बढी मत ल्याएका छन् । आफ्नो समाजप्रतीको लगनशिलता र इमान्दारिताकै कारण २०७४ सालमा लोकप्रिय मत ल्याएको बताउँदै अब वडा नम्बर ३ का जनताले अध्यक्षमापनि लोकप्रिय मत दिने उनले बिश्वास ब्यक्त गरेका छन् ।
को हुन त चन्द
सानैबाट बिबिध सामाजिक कार्यमा सक्रिय रहने चन्द २०६४ सालमा राजनितिमा संगठित भएका थिए । नेकपा एमाले निकट युवा संघ नेपालको सदस्यता प्राप्त गरी राजनिति शुरु गरेका चन्द युवा संघ धनगढी नगर कमिटिका उपाध्यक्ष हुँदै कैलाली जिल्ला कमिटि सदस्य बनेका थिए ।
राजनिति संगै उनि खेलकुदका क्षेत्रमापनि निकै सक्रिय छन् । वडा नम्बर ३ मै बिशाल युवा क्लव स्थापना गरेका चन्दले बिशालनगरमा आफै पैँसा उठाएर प्रहरी बिट राख्न समेत सफल भएका थिए । यस संगै लागु औषद न्युनिकरणका लागी सडक नाटक कार्यक्रम जनचेतनात्मक कार्यक्रम गर्दै महिला हिसां न्युनिकरणका लागीपनि उनले जनचेतनात्मक कार्यक्रममा निकै महत्वपुर्ण भुमिका खेलेका थिए ।
यस संगै खेलकुद क्षेत्रमा योगदान समेत दिदै आएका चन्द सुदूरपश्चिम ११ स्पोट्र्स क्लवमा आबद्ध भएर राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजक समेत बने । सुदूरपश्चिम ११ स्पोट्र्स क्लवको सचिव तथा प्रवक्ताको समेत जिम्मेवारी बहन गरिरहेका चन्दले सुदूरपश्चिम अन्तराष्ट्रि आमन्त्रित खप्तड गोल्डकप आयोजनामा महत्वपुर्ण भुमिका खेलेका छन् ।
आफ्नै ब्यवसायमा
चन्द राजनिति संगै आफ्नै ब्यवसायपनि गर्दै आएका छन् । राजनितिलाई पेसा नबनाएर सेवा गर्ने थलोका रुपमा बिकास गर्नुपर्छ भन्ने मान्यता उनको छ । सोही कारण उनि राजनिति गर्दै सामाजिक सेवामा तल्लिन छन्, भने आफ्नो ब्यवसायपनि गरिरहेकै छन् ।
चन्द कृषी तथा अन्य प्राबिधिक क्षेत्रको ब्यवसाय गर्दै आएका छन् । चन्द भन्छन् “हामीले राजनितिलाई सेवाका रुपमा मात्रै लिनुपर्छ आम्दानीका लागी केहीन केही गर्नै पर्छ र पो शुद्ध राजनिति हुन्छ ।”