धनगढी : २०७४ सालको निर्वाचनबाट मेयर पदमा निर्वाचित भएका नृप बहादूर वड सत्ता गठबन्धनको तर्फबाट फेरी मेयर पदमा अगाडी सारिएका छन् । उनले गठबन्धनको तर्फबाट मेयर पदमा उमेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्ता गराएसंगै वडले गत स्थानिय तह निर्वाचनमा एक्लै हुँदा बिजयी भएको बताउँदै अब धेरै मतान्तरले बिजयी हुने दावी गरे ।
म एक्लै काग्रेंसको उमेदवार हुँदा त २७ सय मत ले बिजयी भएको हुँ अब मसंग काग्रेंस सहित ४ दल अरु छन् उनले भने “मसित प्रतिस्प्रधामा कोही आउँदैन् तत्कालिन प्रतिस्प्रधामा आएका स्वतन्त्र उमेदवारलाइत १० हजार बढी मतले पराजित गर्छु ।