धनगढी : नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेशले मजदूरका समस्या लगायत अटो ल्याण्ड स्थापना सहित सरकारलाई ७ बुदे माग राखेको छ । अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनको अवशरमा पुर्व मन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारदमुनी रानालाई युनियनले माग पत्र बुझाएको हो ।
अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष चन्द्र प्रकाश गैरेले प्रतिनिधिसभा सदस्य रानालाई सो मागपत्र बुझाएको हो ।
यस्ता छन माग
१.यस प्रदेशको राजधानी लगायत सबै सहरलाई ब्यवस्थि तगर्न र मेकानिक्सलाई निर्धक्क काम गर्ने वातावरण बनाउनुका साथै अटो ल्याण्ड स्थापनाका लागी पहल गर्न माग गर्दछौँ ।
२.मर्यादित कामका लागी जनचेतना जगाउने खालका कार्यक्रम ल्याउन माग गर्दछौँ ।
३.श्रमिकको यस्तो आम्दानी होस जसले हरेक श्रमिकलाई असल जिवन जिउन पुगोस यसका लागी माग गर्दछौँ।
४.बिरामी, कमजोर, घाइते पाका उमेरका श्रमिक र बिपदमा परेकालाई सहायता ल्याउने योजना ल्याउन माग गर्दछौँ ।
५.यस्तो काम होस जहाँ भेदभाव नहोस र हरेक श्रमिकले समान अवशर पाओस यसका लागी जोडदार माग गर्दछौँ।
६.अटो मेकानिक्स क्षेत्रमा तुरुन्त सामाजिक सुरक्षा लागस गर्न माग गर्दछौँ ।
७.स्थानिय सरकारले श्रमिक पन्जिकृत गर्न माग गर्दर्छौँ ।
यी माग सहितको पत्र बुझ्दै प्रतिनिधिसभा सदस्य रानाले एमाले नेतृत्वको सरकारले मजदूरका लागी सामाजिक सुरक्षा योजना ल्याएको बताए । श्रम मन्त्री गोकर्ण बिष्ट हुँदा मजदुरका लागी सामाजिक शुरक्षा योजना ल्याउनुभएको थियो उनले भने “हाम्रो सरकारले मजदूर, पिछिडिएको बर्गका लागी निकै काम गर्न खोजेको थियो मजदूर बर्गकै प्रतिनिधित्व गरेको पाटी भएका कारण हामी मजदूरकै पक्षमा काम गर्छौँ ।”
एमाले नेतृत्वको सरकारले गरेका काम सबै मजदूर बर्गलाई थाहानै छन् उनले भने “र फेरी एमालेकै सरकार बन्नुपर्छ अनी मजदूरका, गरिबका, दलितका, पिछिडिएको बर्गका समस्या समाधान हुन्छन् र यी माग सम्बोधनका लागी तिनै तहका सरकार एमाले नेतृत्वको हुनुपर्छ हामी पुरा गर्ने छौँ ।”
अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । खुलाशत्र सकिए लगत्तै बन्दशत्र शुरु हुने र सकेसम्म सहमतीमै नयाँ नेतृत्व चयन गरिने अटो मेकानिक्स ट्रेड युनियनका प्रदेश अध्यक्ष चन्द्र प्रकाश गैरेले बताएका छन् ।
कार्यक्रममा अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय अध्यक्ष, जिफन्ट सुदूरपश्चिम अध्यक्ष देब बम, सचिव जित बहादूर मल्ल लगायत मजदूर नेताहरुको उपस्थिती रहेको थियो ।