कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः मेयरमा उम्मेदवारी दिने भन्दै चौधरीले उपप्रमुख प्रेमकुुमारी थापालाई राजीनामा बुुझाएका हुन् ।
‘निर्वाचन आचारसंहिता लागुु भएका कारण कामकाज गर्न नसकिने अवस्था र अगामी निर्वाचनमा पुुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको हुुँ,’ चौधरीले भने । नेकपा एमाले कैलालीका उपसचिवसमेत रहेका चौधरी २०७४ सालमा भएको निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरमा विजयी भएका थिए ।
चौधरीले नेकपा माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई पराजीत गरेका थिए । यस्तै नेकपा एमालेबाट निर्वाचित घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनराज शाही, ५ का वडाध्यक्ष प्रेम रोकाया, वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण शाहले समेत पदबाट राजीनामा दिएका छन् । यस्तै नेपाली कांग्रेसबाट विजयी वडा नम्बर ८ का अध्यक्ष भीम बोगटीले पनि राजीनामा दिएको जनाइएको छ ।