धनगढी भदौ १७ –सुदूरपश्चिमको बैतडी जिल्ला दशरथचन्द नगरपालिका मौनिगाउँमा जन्मेका डक्टर नर बहादूर मौनी बाहिरबाट हेर्दा फरक लागेपनि वास्तवमा उनको मन र स्वभाव बुझ्न धेरै समय लाग्छ । एउटा गरिब घरपरिवार जहाँ खान लाउनै मुस्किल पर्ने अवस्थाबाट गुज्रेका डक्टर मौनिले बैतडीबाट जसो तसो हाइ स्कुल पास गर्दासम्म डक्टर हुने सपनापनि बोकेका थिएनन ।
रुसबाट डक्टरको पढाइ गरेका डक्टर मौनि हाड जोर्नी सम्बन्धि निकै अब्बल डक्टरका रुपमा सुदूरपश्चिममा चिर परिचित छन् । ५२ बर्ष उमेर पुगेका डक्टर मौनिलाई स्वास्थ्य क्षेत्रमा सेवा गरेकै ३३ बर्ष पुगेको छ । १४ बर्षदेखी अत्तरियामा पद्मा अस्पताल सञ्चालन गरेर बसेका छन् । त्यो भन्दा अघी सरकारी तथा निजि गरी बिभिन्न स्वास्थ्य क्षेत्रमा सेवा गरेका डक्टर मौनिले धनगढीकै गजेन्द्र बिर चन्द सहितको टिमसंग मिलेर अस्पताल सञ्चालन गरेका हुन् ।
स्वभावमा फरक लाग्ने मौनि वास्तवमा बुझ्दा निकै भावुक र सहयोगी छन् । अस्पताल सञ्चालन गरेपछि उनले कयौँ बिरामीको निशुल्क उपचार समेत गरेका छन् । पद्मा अस्पताल प्रा लीका प्रबन्धक निर्देशक दिन दुखीको सहयोग गर्न पाए निकै खुशी हुने डक्टर मौनिका अनुभव र अस्पतालको सेवाका बारेमा केन्द्रित रहेर स्टेट सेभेन अनलाइनका संवाददाता योगेन्द्र नायकले गरेको कुराकानी
डक्टर साप स्वागत छ
धन्यबाद
डक्टर साप पद्मा अस्पताल सञ्चालन गरेको १४ बर्ष पुगेको छ यो अवधीमा तपाइको अनुभव र अस्पतालले लिएको लक्ष कसरी पुरा गर्दै हुनुहुन्छ ?
पहिलो कुरा त सुदूरपश्चिममा १४÷१५ बर्ष पहिले बिषेशज्ञ डक्टरहरुको कमीनै थियो । डक्टरहरुनै थिएनन् । जहाँसम्म मलाई थाहा छ म लगायत ५ जना मात्रै सुदूरपश्चिममा बिषेशज्ञ डक्टर थियौँ । त्यो बेलामा धेरै जसो बिरामी भारत जाने गरेका थिए । त्यो बेलामा मैलेपनि डक्टर पढिसकेपछि अब सुदूरपश्चिममै काम गर्नुपर्छ भन्ने उद्देश्य लिएर हाम्रा अध्यक्ष गजेन्द्र बिर चन्द संग सल्लाह गरेर खोल्ने जमर्को ग¥यौँ । त्यो बेलामा अत्तरियाका जनताले पेट दुखेपनि भारतका मेडिकलमा धाउनुपर्ने बाध्यता थियो । त्यो बेलामा हामीले अस्पताल खोल्ने जमर्को गरुेका हौँ ।
१४ बर्ष पहिले अत्तरियामा हामीले अस्पताल शुरु गरेका हौँ । शुरुवाती अवस्थामा हामीलेपनि सोचे अनुसार काम गर्न पाएनौँ । किन भने त्यतिबेला यस क्षेत्रका जनता बढीभन्दा बढी भारतकै डक्टरमाथी बढी बिश्वास राख्ने भएका कारण उतै निर्भर थिए । त्यसैले शुरुमा हामीलाई यहाँका जनताले बिश्वास गरेका थिएनन्, तर बिस्तारै काम गर्दै गयौँ अहिले आएर अली सजिलो महशुस भएको छ । पहिलेको भन्दा जनतापनि जागरुक भएर अहिले नेपालमै उपचार गर्नुपर्छ भन्ने बढेका छन् । त्यसैले अहिले सहज छ ।
अस्पताल शुरु गर्दा कुन क्षेत्र र कस्तो नागरिकलाई लक्षित गरियो ?
मैले भने नी म डक्टर भएको दिनदेखी सुदूरपश्चिममा कार्यरत छु । मैले बाजुरा जिल्लमा रही सरकारी सेवामापनि काम गरे र अन्य क्षेत्रमापनि काम गरे । सुदूरपश्चिमकै जनताका लागी काम गर्ने र बिरामीहरुलाई लक्षित गरेर हामीले अस्पताल सञ्चालन गरेका हौँ ।
तपाइले भन्नुभो नी शुरुमा भारतकै भर पर्ने नागरिक लाई अहिले कस्तो सहज भएको छ ?
एकातिर उहाँहरुको बिश्वासपनि ठिकै हो किनकी यहाँ त्यस्तो बिषेशज्ञ डक्टर नभएको अवस्था थियो । अहिले सुदूरपश्चिमकै धेरैजना बिषेशज्ञ डक्टर भइसकेका छन् । त्यसमापनि अहिले सय देखी डेढ सय डक्टरहरुले सुदूरपश्चिममा सेवा दिइराख्नुभाछ । यसले गर्दापनि पहिलेभन्दा अहिले सबै चिज यहाँनै मिल्छ किन हामी भारत जाने भन्ने बुझेका छन् । हाम्रो उद्देश्य त्यतिबेला हाम्रा मान्छे हाम्रै ठाउँमा उपचार पाउँन भन्ने थियो ।
तपाई आफै सञ्चालक भएर शुरुवात गर्दा यो अवधीसम्म अनुभव कस्तो रह्यो ?
अनुभव भनेको डक्टरलाई प्रत्येक दिन नयाँ अनुभवनै हुन्छ । नयाँ केश नयाँ बिरामी आइरहेको हुन्छ, सबै जटिलतात हुन्छ एउटा सर्जनलाई प्रत्येक बिरामी नयाँ अनुभव हुन्छ । र प्रत्येक डक्टरले आफुले उपचार गेका बिरामी सन्चो भएर जाउन भन्ने सोचेकै हो । यसले गर्दा पिडा त हुन्छ अब उतिबेला सिटिस्क्यान गर्नपनि नेपालगन्ज तथा भारत जानुपर्ने, आइसियुका लागीपनि बाहिरै जानुपर्ने थियो । कमसेकम त्यो सेवापनि हाल यतै भएका कारण सहजपनि छ ।
अनुभव भन्दा जटिल केश अथवा झन्जट बेहोर्नुपर्ने अवस्था आयोकी ?
मैले काम गर्दाखेरी धेरै जटिलतात आए । हाम्रो मान्छेमा चेतनाकै कमी भएका कारणपनि जटिलता आए । कुन डक्टर के काम गर्छ भन्नेपनि धेरैमा ज्ञान थिएन । एउटा सामान्य नागरिकलेत नबुझ्लापनि चेतनसिल मान्छेलेपनि सेवा नबुझिदिदा कहिले काही हामीपनि बिवादमा परेको अवस्था हो । एकपटक आफ्नै नजिकका मित्रको उपचारका क्रममा निधन भएको थियो । पछि डक्टर नर बहादूर मौनीलेनै सुई दिएर मा¥यो भन्ने कुरा आयो तर डक्टर नर बहादूर मौनी अर्थोपेडिक सर्जन हो कुनै सुई दिने डक्टर होइन, बेहोस गर्ने डक्टर होइन भन्ने कुरा यहाँको समाजले बुझेन काम गर्ने हामीनै भयौँ सबै गरेको यसैले हो भन्ने सोचे । तर अहिलेको अवस्थामा डक्टरहरुका काम त बुझेको छ, यसले गर्दा केही काम गर्न सहज चाँही भएको छ ।
कुनै केश सफल गर्दा बढी खुशी हुनुपर्ने अवस्था आयोकी नाई ?
डक्टरलाई खुशी त जती केश आफुले सफल गरे खुशीनै खुशी हो । त्यसमापनि जुन गरिब घरका पैँसानै नभएका मान्छेहरु आउँछन् । उहाँहरुलाई सहुलियत दरमा ठिक बनाएर पठाउन पाए धेरै खुशी लाग्छ । किन भने हामीले यहाँ ठग्यो भने मेरो बुवाआमा अर्को ठाउँमा ठगिन्छन् । साच्चिकै मान्छे गरिब छ, कसैको पहुँचनै छैन, त्यस्ता मान्छे छन भने, त्यतिबेला आफ्नो सेवा उहाँहरुलाई दिन पायो भने त्यो चाहीँ खुशीको क्षण हुन्छ ।
यहाँसम्म पु¥याउनमा कसको बढी योगदान रह्यो ?
म डक्टर हुनुमा मेरो आमाको ठुलो हात रह्यो उहाँ अहिले हाम्रो माझ नभएपनि उहाँको प्रेरणालेनै म यहाँसम्म पुगे । उहाँको प्रेरणा ममाथी रहिरहन्छ । यो पढ्दै र सिक्दै जाँदा भाग्य र प्रेरणाले सफलपनि भइयो । म डक्टर हुँदा मैले डक्टर पढ्न पाउँछु भन्ने कुनै सोचेकोपनि थिएन ।
पद्मा अस्पतालले शुरुमा कस्तो सेवा दियो र हाल के के सेवा सञ्चालनमा छन् ?
त्यतिबेला बिषेशज्ञ सेवा पाउन निकै गाह्रो थियो । हामीले यहाँको अवस्थालाई बुझेर जर्नल सेवा दिन शुरु गरेका हौँ । सबै बिषयका डक्टर ल्याउने भनेर शुरु गरेका हौँ । तैपनि त्यतिबेला डक्टर पर्याप्त नपाइने अवस्थाले धेरै शुरु भएन । पछि मैले अर्थोपेडिक सर्जन बनिसकेपछि बढी मैले अर्थोलाईनै केन्द्रित गरे । अहिले चाहीँ जर्नल सेवा सबै छ ।
त्यतिबेलाको पद्मा अस्पताल सुदूरपश्चिमकै गन्तब्य थियो । कुनै दुर्घटना भए उपचारका लागी पद्मानै रोजिन्थ्यो । पछिल्लो समयमा धनगढीमा अस्पतालहरु बढेसंगै पद्मामा आकर्षण घटेको त होइन ?
नयाँ अस्पताल खुल्दैमा बिश्वासनै हुन्छ भन्ने हुँदैन । तर जहाँ बिश्वास हुन्छ बिरामी उतै जाने हो । हामीले कुनै अस्पताल नभएको बेला यहाँ अस्पताल सञ्चालन गरेर जुन बिश्वास कमाएका छौँ । त्यो बिश्वास अहिलेपनि छ । बजारमा जति अस्पताल खोलेपनि पद्मा अस्पतालमा आउने बिरामीको संख्यामा कमि छैन । तर जुन समयको माग हो त्यो अनुसार पद्मा अस्पताल ढल्न नसकेको हुनाले केही कमी पक्कैपनि महशुस हुन्छ । जस्तै सिटि स्क्यान, आइसियु, एन आइसियुको आवश्यक्ता छ । पहुँच भएको मान्छे भएकै ठाउँमा जान्छ । सबैको माग अनुसार अस्पतालले सेवा थप्न नसकेको पक्कै हो । तर बिरामी कम भएको अवस्था छैन ।
न्युन आम्दानी भएका बिरामी निजि अस्पतालको शुल्कनै बढी भयो भन्छन् पद्मा अस्पतालले यस्ता बिरामीलाई कसरी सहज उपचार गर्छ ?
पहिलो कुरा त मान्छेले नबुझ्यापनि हो निजि अस्पतालमा जाने बितिक्कै धेरै पैँसा लागिहाल्छ, सरकारीमा कम लाग्छ भन्ने हुँदैन । एउटा बिरामी सरकारीमा जाँदा आउँदा त्यहाँ बसाइको भाडा सबै जोड्दा यहाँबाट लिइने पैँसा भन्दा बढी जान्छ । बिरामीले त्यो जोडेको हुँदैन । म कहाँ र हाम्रो पद्मा अस्पतालमा आइसकेपछि त्यो बिरामी चाही थोरै पैँसा किन नतिरोस यहाँबाट सेवा लिएरै जाओस भन्ने मैले सोच राख्छु । एउटा मान्छेको बिश्वासपनि बढ्छ, आर्थिक अभावकै कारण उपचार नपाएको बिरामीले उपचार पाउँछ । बर्षमा अहिलेपनि मैले १२ देखी १३ सय हड्डीको अप्रेसन गर्छु, अँझै सिटिस्क्यान आइसियु भएको भए बढ्थे ।
त्यसमा निम्न आय स्तर भएका मान्छेहरुलाई सकेसम्म थोरै रकममा उपचार गराइन्छ । अरु अस्पताल र हाम्रो दर रेट हेरे धेरै फरक पाउनुहुन्छ । कुनैपनि बिरामी हामीसंग आइसकेपछि रकम अभावमै फर्केर नजाओस सेवा पाएरै जाओस भन्ने हाम्रो मान्यता हुन्छ । त्यही बिश्वासले पद्मा अस्पतालसंग बिरामीको कमी छैन ।
अब सुबिधा थप्ने योजना के छ अस्पतालको ?
नथप्न खोजेको हैन केही हामीले आफ्नै जमिन खरिद गरिसकेका छौँ । आफ्नै बनाउने सोचमा थियौँ तर केही साथीहरुको सल्लाहमा लागेर ढिलो भयो अब चाँडै थपिन्छ होला । सेवा नदिने भन्ने कुरा हैन केही कुरामा अल्झेका हौँ । चाँडै आफ्नै भवनमा गएर सेवा थप्छौँ । मेशिन ल्याउनु ठुलो कुरा हैन त्यो हिसाबको सेवा दिन सक्ने की नसक्ने त्यो मेनपावर छ की छैन यो ख्याल गरेर दिनुपर्छ ।
तपाई त दम्पति सहित स्वास्थ्य सेवामा लाग्नुभाको मान्छे घर परिवारलाई समय दिने लगायत समस्या के हुन्छन त ?
एउटा कस्तो छ भने मान्छे सन्तुस्ट कहिलेपनि हुन सक्दैन श्रिमती जागिर नखाएको भए जागिरवाला पाए हुन्थ्यो भन्ने हुन्छ । जागिरवाली भए यो अवस्था एकातिर राम्रो छ अर्को तिर घर लथालिगं छ छोराछोरीलाई समय दिन पाइया छैन । कस्तो लाग्छ भने पैसाले मात्र सबै कुरा पाइदैन सुख शान्ति चाहाने हो भने सबै ब्यवस्थापन गरेर खुशी हुन सिक्नुपर्छ । अहिलेत झन कोभिडका कारण घरमा संगै छिमेकमानै त्रास छ । यो चिकित्सक हो कहाँ पो सार्ने हो भनेर छिमेकीनै संसकिंत भएका हुन्छन् ।
कोभिड १९ का बेला अस्पतालले सुरक्षा कसरी अपनाएको छ र कुनै संक्रमित भए आइसोलेशनको अवस्था के छ ?
हामीले आइसोलेशन बेड बनाएका छौँ । नेपाल सरकारले निजि अस्पताललाइपनि उपचारको जिम्मेवारी दिन्छ भने पद्मा अस्पताल पछि हट्ने छैन । हामीसंग जनशक्ती छ । हामी सरकारलाई सहयोग गर्न तयार छौँ तर त्यो अवस्था अहिलेसम्म आएको छैन । स्वास्थ्य सेवा दिनकै लागी अस्पताल खोलेका हौँ हामीले त्यसमा पछि हट्ने कुरा हुँदैन ।