बैतडी। नेपाल परिवार दल र नेकपा एमाले बैतडी बिच पहिलो भेटबार्ता सम्पन्न भएको छ।
बुधबार परिवार दलका सयोजक खडक नागरी र एमाले बैतडी जिल्लाका पुर्चौडी नगरपालिका उप-मेयर तथा प्रदेश कमिटी सदस्य जानकी बम बिच उम्मेदवार टुंगो लगाउन भेटबार्ता भएको हो। उम्मेदवार टुंगो लगाउन भेटबार्ता तथा छलफल भएको सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरीले जानकारी दिए।
आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी दुई पार्टी बीच चुनावी गठबन्धनको सम्बन्धमा जिल्ला समन्वय समिति बैतडी अझ अध्ययन र छलफल गरेर अगाडि प्रक्रियामा बढ्ने भएको उनले जानकारी दिए। भेटबार्ता तथा उक्त बैठकमा नेपाल परिवार दलका तर्फबाट जिल्ला समन्वय समितिका अध्यक्ष सुदर्शन भट्ट र सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरीको उपस्थिति रहेको थियो।
यस्तै नेकपा एमालेको तर्फबाट पुर्चौडी नगरपालिकाका उपमेयर तथा प्रदेश कमिटी सदस्य जानकी बम, प्रदेश कमिटी सदस्य करण बहादुर कुवर ज्युको उपस्थिति रहेको थियो। बैठकमा गठबन्धनको विषय सकारात्मक रहेको साथै स्थानीय चुनावमा सहकार्यको साथ अगाडि बढ्ने पार्टीका अध्यक्ष भट्टले बताए। अगामी दिनमा दुई पार्टी बिचको गठबन्धन लाई अझ बलियो बनाउदै लैजाने दुबै पक्षको ठहरका साथ बैठक सम्पन्न भएको छ।