धनगढी। नेपाल महिला संघको नगरकार्यसमितिकाे बैठक सम्पन्न गरिएको छ। आईतबार नेपाल महिला संघको नगरकार्यसमितिकाे वैठकले आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर राख्दै बैठक गरिएको हो।
आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर राख्दै क्रियासिल सदस्यता कार्ड वितरण गरिएको छ । नेपाली कांग्रेस नेपाल महिलासंघ नगरसभापति जागृती बोगटीले आज पार्टी कार्यालयमा जिल्ला सदस्य , प्रदेश सदस्य ,वडासभापति, सबैकाे उपस्थितिमा १५ जनालाई क्रियासिल सदस्यता कार्ड बितरण गरिएको जानकारी दिईन् । नगरकार्यसमिति र क्रियासिल सदस्यहरु र नेपाल महिला संघको क्रियासिल सदस्यता कार्ड वितरण गरिएको नेपाली कांग्रेस नेपाल महिलासंघ नगरसभापति बोगटीको भनाई छ ।धनगढी उपमहानगरपालीकामा नेपाल महिला संघको कमिटीलाई थप सशक्त र बलियो बनाउन क्रियासिल सदस्यता कार्ड बितरण गरिएको जनाइएको छ। बाँकी धनगढी उपमहानगरपालीकाका सबै वडा/वडामा क्रियासिल सदस्यता कार्ड वितरण गर्ने योजना रहेको बताइन्। स्थानीय चुनावका लागि नेपाल महिला संघलाई प्रमुख भुमिकामा राख्नुपर्ने नगरसभापती बोगटीले बताइन् । साथै उनले भनिन, जिम्मेवारी दियेर जिम्मेवार बनाउनुस हामी जनसेवक हु जनसेवा समाज सेवा, पार्टीले दिएको जिम्मेवारी पार्टीलाई ढिका बनाउन चाहन्छु । विकास गर्न जनप्रतिनिधि भयरजनताको सेवामा समर्पित हुन चाहन्छु । यस्तै आजको बैठकले प्रचारप्रसार समिति पनी गठन गरिएको जनाइएको छ।