धनगढी। धनगढीको मेयर र उपमेयरमा एकीकृत समाजवादीले नाम सिफारिस गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले धनगढी उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न समाजवादीले दुई जनालाई सिफारिस गरेको छ।
मेयरमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ । यस्तै उपमहानगरपालिकाको उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ। नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बानियाँ प्रदेश कमिटी सदस्य हुन । उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् ।
१९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत नगर कमिटीले गरेको छ । वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुंग्याउनेछ भने वडा सदस्यको हकमा नगर कमिटीले उम्मेदवार चयन गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताए। समाजवादीले नगरका १९ वटै वडामा वटा कमिटी र टोल कमिटी गठन गरिसकेको छ । उपमहानगरपालिकामा समाजवादीले ८ हजार बढी सदस्यता वितरण गरेको जनाएको छ ।