कैलाली। सुदूरपश्चिम प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा १६ लाख ३२ हजार एक सय ५० मतदाताले भोट हाल्ने भएका छन्। निर्वाचनका लागि प्रदेशका नौ जिल्लामा ११ सय ३५ मतदानस्थल र दुई हजार एक सय तीन मतदान केन्द्र तोकिएका छन् ।
जसमा बाजुरा जिल्लामा ४२ हजार १५१ पुरुष, ४० हजार ५३७ महिला र अन्य २ गरि ८२ हजार छ सय ९० मतदाता छन् । ती मतदाताको निम्ति जिल्लामा ७० मतदानस्थल र एक सय १२ मतदान केन्द्र राखिएको छ ।उता अछाम जिल्लामा ७५ हजार आठ सय ३७ पुरुष, ८० हजार चार ४१ महिला र अन्य दुई गरि जम्मा एक लाख ५६ हजार दुई ८० मतदाताले भोट हाल्दैछन् । मतदाताले आफूले रुचाएका उम्मेदवारलाई जिल्लामा रहेका एक सय ३० मतदानस्थल र दुई सय ७ मतदान केन्द्रबाट मतदान गर्नेछन्।
बझाङ्ग जिल्लामा (६१ हजार ६८९ पुरुष) ६० हजार ७४८ महिला गरि एक लाख २२ हजार एक ३७ मतदाता छन् । उनीहरुको निम्ति एक सय ३३ मतदानस्थल र एक सय ८३ मतदान केन्द्र तोकिएको छ ।त्यसैगरी डोटीमा पनि एक लाखभन्दा बढी मतदाताले निर्वाचनमा मत हाल्ने भएका छन् । जहाँ पुरुष ५८ हजार दुई सय ८२, महिला ६५ हजार दुई सय ७२ गरी एक लाख २३ हजार ५ सय ५४ मतदाताले जिल्लामा मतदान गर्नेछन् । उनीहरुको निम्ति एक सय १५ मतदानस्थल र एक सय ७१ मतदान केन्द्र तोकिएको छ। आगामी स्थानीय तह निर्वाचनमा कैलालीमा सबैभन्दा धेरै मतदाता छन्। महिला दुई लाख ६९ हजार १०, पुरुष दुई लाख ५६ हजार एक सय चार र अन्य ११ जना मतदाता छन् । जम्मा ५ लाख २५ हजार १ सय २५ मतदाताको निम्ति दुई सय ३६ मतदानस्थल र छ सय १९ केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ।
दार्चुलाका ४५ हजार १ सय १ पुरुष तथा ४३ हजार १ सय ७४ गरी ८८ हजार दुई सय ८५ मतदाताले जिल्लाका एक सय १० मतदानस्थल र एक सय ३९ केन्द्रमा गएर मतदान गर्नेछन् । बैतडी जिल्लामा ७३ हजार ८ सय ८३ पुरुष र ७४ हजार ७ सय २१ तथा अन्य २ गरी एक लाख ४८ हजार छ सय छ जना मतदाता छन् । उनीहरुको सुविधाको निम्ति एक सय २९ मतदानस्थल र दुई सय पाँच मतदान केन्द्र तोकिएको छ । उता डडेलधुराका ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय५५ महिला गरी ९० हजार एक सय १९ जना मतदाताले ८० मतदानस्थल र एक सय २६ मतदान केन्द्रबाट आफ्नो मताधिकारी प्रयोग गर्ने बताइएको छ । आयोगका अनुसार कञ्चनपुर जिल्लामा १ लाख ४३ हजार २सय ४१ पुरुष तथा १ लाख ५२हजार १ सय १२ महिला र अन्य १ गरी दुई लाख ९५ हजार तीन सय ५४ मतदाताले मतदान गर्दैछन् । कञ्चनपुरमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी छ । उनीहरु सबैले आफूलाई पायक पर्ने मतदानस्थल र केन्द्रमा पुगेर मतदान गर्न जिल्लामा एक सय ३२ मतदानस्थल र तीन सय ४१ मतदान केन्द्र तोकिएका छन् ।