कैलाली। कैलालीमा आफ्नै शरिरमा आगो लगाई १ जनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका २ मा स्थानिय अम्मर चौधरीले आफ्नै शरिरमा आगो लगाई मृत्यु भएको हो।
बैशाख १ गते (हिजो)राती १०ः१५ बजे कैलारी गाउँपालिका २ मझेराका २९ बर्षीय चौधरीले आफ्नै शरिरमा आगो लगाएका थिए। मादक पदार्थ सेवन गरी आफ्नै शरिरमा डिजल छर्की आगो लगाई घाईते भएका उनको सेती प्रादेशिक अस्पताल उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले आफ्नै शरिरमा डिजल छर्की आगो लगाई घाईते भएको भन्ने जानकारी प्राप्तपछि उनलाई उपचारकोलागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याएको थियो । उनको उपचारकै क्रममा आज बिहान ६ः२५ बजे मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।