काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिस्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औंल्याएका छन्।ललितपुरस्थीत खुमलटारमा
आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बीच एकजुट हुन आग्रह गरे। प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए।पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको उनको भनाइ थियो। अध्यक्ष दाहालले अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई सहिदको घोषणा र जेलमा रहेका बन्दीको रिहाइका लागि आफूले पहल गर्ने बताए। सो अवसरमा नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराईले जनयुद्धकै उपलब्धि खोस्न नदिन सचेत बन्न आग्रह गरे।
यस्तै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नयाँ बर्षको अवसरमा शुभकामना ब्यक्त गर्दै माओवादी ध्रुवीकरण तथा एकता अभियानको क्रममा नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए । सो अभियानको क्रममा विप्लव निकट नेकपाका सुदुरपस्चिम प्रदेशका प्रभावशाली केन्द्रिय नेताहरू हेमराज भट्टराई श्रवण, रामप्रसाद तिमिल्सिना राप्ती, संविधान सभा सदस्य भगत बडुवाल मुक्ति, भरत धानुक बहादुर पुकार, प्रेम वयक पर्वत, कमरेड रक्षा, हरिलाल थापालाई नेकपा(माओवादी केन्द्र)ले स्वागत गरेको माओवादी नेता रमेश भट्टराईले जानकारी दिएका छन् । हेर्नुहोस भिडीयो
https://www.facebook.com/prachanda.nepal/videos/995098157787133