धनगढी। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा तोडफोड गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ । बिहीबार निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युस सुदुरपश्चिमले अस्पताल तोडफोडको घटनामा संलग्नलाई कारवाही गर्न प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइएको छ ।
घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएको हो । गत शनिवार गोदावरी नगरपालिका-३ का ३८ वर्षीय विनोद कुमार बोहराको मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडका कारण करिब ८० लाख रुपैयाँको क्षति भएको अस्पतालले जनाएको छ । अस्पतालमा भएको घटनाका बिषयमा संवेदनशिल भएर कडाइका साथ अगाडी बढ्न र घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन एशोसियशनका सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीसहितको नेतृत्वको टोलीले ज्ञापनपत्रमा बुझाएको हो ।
देशमा स्वास्थ्य सम्बन्धि नियम कानून स्पष्ट लेखिएको छ तर बिडम्बना यसको कार्यान्वयन पइा फितलो भएको अनुभव हामीलाई भइरहेको छ, ज्ञापनपत्रमा भनिएको छ ।आफ्नो स्वास्थ्यकर्मीहरु माथिको दुव्र्यवहार, अराजक तत्वहरुलाई संरक्षण दिने, सुरक्षाकर्मीहरुलाई अधिकार नदिइ संकोचित पारिने आर्थिक लेनदेन गराई समस्याहरुलाई ट्ंगो लगाउन हामीलाई बाध्य पारिने गरेको छ, ज्ञापन पत्रमा उल्लेख छ ।यस्तै आक्रमण गर्ने, तोडफोड गर्नेहरुलाई समयमा नै कानुनको दायरमा ल्याई सजाय दिने होइन भने अझै तिनका मनोबल बढ्ने बताइएको छ । दोषीलाई यथाशिघ्र कानूनी दायरामा ल्याउन माग गरिएको छ ।