धनगढी : पुर्व मन्त्री तथा नेकपा एमालेका सचिव, सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टको वडामा उनकै पुर्व स्वकिय सचिव वडा अध्यक्षको उम्मेदवार बनेका छन् । भट्टको पुर्व पार्टी माओवादी केन्द्रले उनकै पुर्व स्वकिय सचिव दिनेश कुमार शाहलाई वडा अध्यक्षको उम्मेद्वार बनाउन लागेको हो ।
शाहले आफु वडा अध्यक्ष बन्ने दावी गरिरहँदा पार्टीले उनलाइनै अघी सार्ने योजना बनाएको माओवादी केन्द्र गोदावरी नगर कमिटिले जनाएको छ । नेता लेखराज भट्टको वडा रहेको गोदावरी नगरपालिका १ मै शाहले वडा अध्यक्ष बन्ने तयारी गरेका हुन् । शाह १५ बर्षसम्म लेखराजको सारथी भएर काम गरेका नेता हुन् । उनि भट्ट मन्त्री हुँदा या नहुँदा भट्टको स्वकिय सचिव भएर काम गरेका ब्यक्ती हुन् ।
लेखराज भट्टले पार्टी छोडेर एमालेमा गएपनि शाह माओवादी केन्द्रमै रहे । अहिले उनि भट्टकै वडामा उनि बिरुद्ध भिड्न लागेका हुन् । युवाहरुमाँझ लोकप्रिय देखिएका शाहलाई चुनाव लड्न त्यती गाह्रो नहुने नेताहरु बताउँछन् । यत्रो जनयुद्ध गरेका लेखराज भट्ट अहिले बिना बिचार भएको एमालेमा जाँदा उनिप्रती जनता रुस्ट बनेका कारण भट्टकै वडामा माओवादीका उम्मेद्वार बिजयी हुने दावी गरिएको छ ।