धनगढी। धनगढीस्थीत नवजीवन अस्पतालले आज देखी नयाँ प्रबिधिसहित अत्याधुनिक 4D भिडियो एक्सरे तथा अल्ट्रासाउन्ड सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालले एक पछि अर्को सेवा थप गर्दै आज देखी बिशेषज्ञ चिकित्सक सहित 4D भिडियो एक्सरे तथा अल्ट्रासाउण्ड सेवा सञ्चालनमा ल्याइएको हो । नवजीवन अस्पतालमा 4D भिडियो एक्सरे तथा अल्ट्रासाउण्ड सेवा सञ्चालनमा ल्याइएपछि बिभिन्न रोग पत्ता लगाउन सकिने, गर्भवती महिलाको जाँच, पेटको बच्चाको अवस्थाको बारेमा जानकारी पाइने जनाईएको छ । यसबाट बच्चामा देखीका समस्याका बारेमा बेलैमा रोगको पहिचान तथा उपचार गर्न सजिलो हुने गर्दछ ।
साथै भिडीयो एक्सरेको माध्यमबाट सानो किसीमको शल्यक्रिया गर्न सकिन्छ । यो सेवा सुचारु गरिएको नवजिवन अस्पतालका सिइओे चक्र खडायतले जनाकारी दिए । यस्तै सो सम्बन्धि उपचार तथा चेकजाँच गर्दै आएका डाक्टर निरज अर्यालले सो सुबिधा सेती प्रादेशीक अस्पताल तथा नवजिवन अस्पतालबाट भैरहेकाले सुदुरपश्चिमका बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको जानकारी दिए । उनले यो सेवा नवजिवन अस्पतालबाट पनी सञ्चालन भएकाले सरकारी सेवा सुबिधा जस्तै बिमा कार्यक्रमबाट निकै राम्रो स्वास्थ्य उपचार सेवा पाउने उनले बिश्वास लिए ।